Skip to content

आज सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँले घट्यो

कालोपाटी

३ घण्टा अगाडि

काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ३ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि हिजो चाँदीको भाउ तोलाको ५ हजार ३० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार