Skip to content

सेयर बजार ९.२४ अङ्कले घट्यो, ४ अर्ब ८५ करोडको कारोबार

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक मङ्गलबार ९.२४ अङ्क घटेर २७७७.१० विन्दुमा पुगेको हो ।

बजारसँगै बजारमा कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ९८ करोड रुपैयाँको सेयर किनबेच भएकामा मङ्गलवार घटेर कारोबार रकम ४ अर्ब ८५ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ ।

आज ६९ कम्पनीको मूल्य बढ्दा १९० कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको भने सेयर मूल्य स्थिर रह्यो ।

बजारमा कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.२३ प्रतिशतले बढेको छ। सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ३.६० प्रतिशतले घटेको छ ।

आज आँखु खोला जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै ४६ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, रिडी पावरको १६ करोड ५९ लाख र साहस ऊर्जाको १४ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार