Skip to content

नेप्से परिसूचक २२ अङ्कले बढ्यो, साढे ५ अर्बको कारोबार

कालोपाटी

१० घण्टा अगाडि

काठमाडौँ । मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उल्लेख्य सुधार देखिएको छ। साताको दोस्रोदिन बजार बन्द हुँदा नेप्से परिसूचक २२.२१ अङ्क अर्थात् ०.८० प्रतिशतले बढेर २७७७.५८ विन्दुमा पुगेको छ। योसँगै अघिल्लो दिन झण्डै २८ अङ्कले घटेको बजार आज बढेको हो।

आजको कारोबारमा कुल ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। दिनभरिमा ३४६ वटा कम्पनीका १ करोड १३ लाख कित्ता कारोबार भएका छन्।

बजारमा आज १८४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ वटा कम्पनीको मूल्य घटेको छ। १० वटा कम्पनीको मूल्य भने स्थिर रहेको देखिन्छ।

कम्पनीगत आधारमा हेर्दा कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै १४.९८ प्रतिशत नाफा कमाएका छन्। त्यस्तै, सेन्ट्रल फाइनान्सको मूल्य १३.६७ प्रतिशत र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १०.५७ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको ४६ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसैगरी नेपाल पुनर्बीमा कम्पनी र रिडी पावर कम्पनी पनि सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीमा परेका छन्।

आज उत्पादनमूलक बाहेक अन्य सबै सूचक बढेका छन् । सबैभन्दा धेरै सुधार अन्य सूचकमा ३.८४ प्रतिशतले बढेको छ। समग्रमा आजको बजारमा खरिदकर्ताको चाप बढी देखिँदा परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक प्रभाव परेको विश्लेषण गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार