Skip to content

शेयर बजार १३.४६ अङ्कले घट्यो

कालोपाटी

७ घण्टा अगाडि

काठमाण्डौ – हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ४६ अङ्कले घटेर २ हजार ७६६ दशमलव ७८ विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक १ दशमलव ७१ प्रतिशतले ओरालो लागेको छ । आज १९८ वटा कम्पनीको शेयर घटेकामा ६३ वटाका बढेका छन् । यस्तै ८ वटा कम्पनीका शेयर भने घटबढ भएका छैनन् ।

आज सिद्धार्थ बैंकको डिबेन्चर २०८४ साढे १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन कालिञ्चोक हाइड्रोपावरको शेयर भने १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३५३ वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ४ अर्ब ७० करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार