Skip to content

‘राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ’: अध्यक्ष घिसिङ

कालोपाटी

४२ मिनेट अगाडि

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ भन्ने अनुभव भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आफूहरु षड्यन्त्रको सिकार बनेको भन्दै अब षड्यन्त्रमा होइन, देशको एउटा सशक्त पार्टी र शक्तिको रुपमा जनताको विश्वास कमाएर स्थापित हुने बताए ।

उनले भने, ‘राजनीतिमा लागेपछि धेरै कुरा जान्नुपर्ने रहेछ । षड्यन्त्र गर्न पनि जान्नुपर्ने रहेछ । हामी षड्यन्त्र गर्ने परेनौं । षड्यन्त्रमा फस्यौं ।

अब षड्यन्त्र होइन, हामी यो देशको एउटा सशक्त पार्टीको रुपमा र शक्तिको रुपमा जनताको विश्वास कमाएर हामी स्थापित हुने छौं ।’

त्यस्तै उनले उनेपाले चुनाव हारेपनि पार्टीप्रतिको विश्वास बढेकाले देशैभरी उज्यालो पार्टीमा प्रवेश गर्नेको लहर पनि चलेको धारणा राखे । आगामि निर्वाचनमा र त्यसपछिका निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई एक नम्बर पार्टी बनाएर मात्र बिश्राम लिने उनले दाबी गरे ।

उनले भने, ‘आज चुनाव हारेको पार्टी हामी । संसदमा एकजनापनि छैनौं । तर देशैभरी उज्यालो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ । त्यो त्यत्तिकै चलेको छैन ।

उज्यालो पार्टीको भविष्य र यसको नेतृत्व देखेर आउनुभएको होला । उहाँहरुको जुन विश्वास छ, हामीले त्यो विश्वासलाई अगाडि बढाएर आगामि निर्वाचनमा र त्यसपछिका निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई एक नम्बर पार्टी बनाएर मात्र बिश्राम लिने छौं ।’

अध्यक्ष घिसिङले एक्लै भएपनि पार्टीलाई चलाउने र कुनै पार्टीसँग गएर नमिसिने प्रतिबद्धता जनाए । साथै पहिले लालकिल्ला भनेर चिनिने रामेछाप जिल्ला अहिलेको उज्यालोको किल्ला भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार