काठमाडौं । मंगलबार संसदीय समितिको बैठक बस्दै छ ।
अर्थ समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
आज बिहान ९ बजे अर्थ समितिको बैठक बस्ने छ । अर्थ समितिको बैठकमा मस्यौदा कार्यविधिमाथि छलफल हुने कार्यसूची रहेको छ ।
आज ९ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापन र, विविध विषयमा छलफल हुने कार्यसूची तय भएको छ ।
यसैगरी, बिहान १० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ग्यालरी बैठक पुरानो संसद० भवन निर्माणको कार्ययोजना सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक ११:१५ मा बस्ने भएको छ । बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धी छलफल हुने छ ।
आज बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपसमितिको कार्यक्षेत्रमा हेरफेरका साथै विविध विषयमा छलफल हुने छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्