Skip to content

हामी कसैलाई हराउन आएका होइनौं, देशलाई जिताउन आएका हौं’: स्वर्णिम वाग्ले

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले आफूहरू कसैलाई हराउन राजनीतिमा नआएको बताएका छन् । साथै, उनले देशलाई जिताउन आएको टिप्पणी गरे ।

आइतबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू पुरानो पुस्तासँग लड्न नभइ नयाँ राजनीतिक संस्कार बसाल्न आएको पनि बताए ।

‘हामी कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौं,’ उनले भने ।

उनले रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्ने बताए ।

‘आलोचना मात्र होइन, विकल्प दिनुपर्छ । विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार