काठमाण्डौ । बितेका २४ घण्टामा काठमाण्डौ उपत्यकामा २ हजार १५७ जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । कारबाहीबाट २१ लाख ४० हजार ५४६ रुपैयाँ जरिवाना सङ्कलन भएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जाँड–रक्सी खाएर गाडी चलाउने ८२, नियम विपरीत ‘राइड शेयरिङ’ गर्ने १०१, सङ्केत बत्ती उल्लङ्घन गर्ने १०५ र तीव्र गतिमा गाडी चलाउने ११७ जनालाई कारबाही गरिएको हो ।
यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने ७७, निषेधित क्षेत्रमा हर्न बजाउने ६१, कालो सिसायुक्त गाडी चलाउने २२, एकतर्फी सडकमा गाडी चलाउने ५४ र अन्य नियम पालना नगर्ने १ हजार ५३८ जना कारबाहीमा परेका हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्