Skip to content

मूल्य घट्नासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पम्प बन्द

कालोपाटी

३० मिनेट अगाडि

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएलगत्तै काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ।

पेट्रोल नभएको भन्दै धेरै पम्पले बिक्री वितरण बन्द गरेका छन् । सटरमा पेट्रोल छैन भन्दै बोर्ड टाँसेर पम्प बन्द गरेका छन् ।

सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा भने सवारीसाधनको लामो लाइन लागेको छ। । उपत्यकामा नेपाल प्रहरीको पेट्रोल पम्पमा लामो लाइन लागेको छ भने बानेश्वर आसपासको पेट्रोल पम्प बन्द गरिएको छ ।

त्यस्तै उपत्यका बाहिरका जिल्लामा पनि पेट्रोल पम्प बन्द गरिएको छ । हिजो मात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलरमट्टीतेलमा ३० रुपैयाँ घटेको थियो ।यस्तै एल्पी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ । तर आज बिहानैदेखि बजारमा पेट्रोलियम पदार्थको अभाव भएको हो ।

बजारमा पेट्रोलियम पदार्थको अभाव भएको हल्ला चले पनि यथार्थमा त्यस्तो कुनै अभाव नरहेको नेपाल आयल निगमले बताएको छ ।

निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार बजारमा केही व्यवसायीहरुले नाफा कमाउने उद्देश्यले कृत्रिम अभाव सिर्जना गरी इन्धन मूल्य घट्ने थाहा पाएपछि पेट्रोलियम पदार्थ लोड नगरेकाले यो समस्या आएका बताए ।

निगमले सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध हुँदाहुँदै पनि पम्पले लोड नगरेर पेट्रोलियम छैन भनेर पम्पमा बोर्ड राखेको भटिए सिल गर्ने गरि अनुगमन सुरु गरेको उनले बताए ।

‘निगमले इन्धन नबेच्ने वा मूल्य घट्ने थाहा पाएपछि लोड नगर्ने पम्पहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउने छ । केही पम्पहरुको भण्डारण क्षमता कम भएका कारण इन्धनको आपूर्तिमा सामान्य ढिलाइ हुन सक्ने भए पनि समग्रमा बजारमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको छ,’ ठाकुरले भने ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार