काठमाडौं । गएराति परेको अविरल वर्षापछि रामेछापको उमाकुण्ड गाउँपालिका-१ स्थित अन्तिम मानव बस्ती लाछेवार क्षेत्रमा ठूलो पहिरो गएको छ ।
स्थानीय ग्याल्जेन शेर्पाले दिएको जानकारीअनुसार पहिरो पछि ठाडोखोलामा आएको बाढीले लाछेवार क्षेत्रको एउटा होटल पूर्ण रूपमा बगाएको छ ।
यस्तै, दुगड हाइड्रोपावरको ७७ मेगावाट क्षमताको आयोजनाको ड्याम क्षेत्रमा समेत उल्लेखनीय क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
शेर्पाका अनुसार पहिरो तथा अविरल वर्षाका कारण उक्त क्षेत्रमा रहेका दुईवटा मोटरेबल पुल समेत बगाएको छ । पुल र सडकमा क्षति भएसँगै हाल लाछेवार जाने सम्पूर्ण सडक सम्पर्क अवरुद्ध भएको उनले जानकारी दिए ।
घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ । सम्बन्धित सरकारी तथा सुरक्षा निकायबाट घटनाबारे आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन ।
अविरल वर्षासँगै पहिरोको जोखिम कायमै रहेकाले स्थानीयवासीलाई सुरक्षित रहन, अत्यावश्यकबाहेक अनावश्यक यात्रा नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचनालाई पछ्याउन आग्रह गरिएको छ । घटनाबारे थप विवरण प्राप्त हुने क्रम जारी छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्