Skip to content

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । सरकारी अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरेको छ ।

सामान्य प्रशासनले सबै मन्त्रालयरआयोगरसचिवालयर कार्यालय र निकायलाई शुक्रबार पत्र लेखेर निवृत्तिभरण पाइसकेकालाई करारमा नराख्न भनेको छ ।

हाल करारमा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता निरन्तरता दिन भनिएको छ ।

‘नयाँ स्थापना भएका निकायमा सिर्जना हुने दरबन्दीमा वा कुनै निकायमा रिक्त भएको दरबन्दीमा करारमा काममा लगाउनु पर्ने भएमा नयाँ व्यक्तिलाई करारमा नलिई विभिन्न निकायमा पूलमा रहेका करारका कर्मचारीलाई भूमि, व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् माग गरी करार सम्झौता गरी काममा लगाउन,’ सकिने पत्रमा उल्लेख छ ।

विभिन्न मन्त्रालय अन्तर्गतका एकीकरण वा खारेज हुने निकायको हकमा आवश्यक पर्ने न्यूनतम जनशक्ति सम्बन्धित मन्त्रालयले यकिन गरी हाल सोही निकायमा करारमा कार्यरत कर्मचारीहरू मध्येबाटै काममा लगाउन भनिएको छ ।

करारमा राखिएका कर्मचारीको आवश्यक तलब भत्ता सम्बन्धित सम्पर्क मन्त्रालयको अनुरोधमा अर्थ मन्त्रालयले व्यवस्था गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार