काठमाण्डौ । शेयर बजार लगातार पाँचौँ कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१.७० अङ्कले बढेर २ हजार ७१९.२४ विन्दुमा पुगेको छ । ५ कारोबार दिनमा नेप्से १४९ अङ्कले बढेको छ ।
आज म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा उत्पादन तथा प्रशोधन समूह ३ दशमलव २१ तथा जलविद्युत् र अन्य समूह साढे २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज २३९ वटा कम्पनीको शेयर बढेकोमा ३२ वटाको घटेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आत्मनिर्भर लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको शुक्रवार ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३४३ वटा कम्पनीका १ करोड २२ लाख कित्ता शेयर ५ अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्