काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तथा प्रतिनिधिसभा सदस्य डा अमरेश कुमार सिंहले मधेसको समुन्नत विकासका लागि सबै वर्ग र समुदाय मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै सिंहले पटक–पटकका आन्दोलन, जातीय र धार्मिक हिंसाले मधेसलाई १० वर्ष पछाडि धकेलेको बताए ।
उनले हिंसात्मक गतिविधिले मधेसको भौतिक संरचना भत्किने, शैक्षिक सत्र अवरुद्ध हुने र व्यापार व्यवसाय ठप्प हुने जस्ता नकारात्मक असर परेको उल्लेख गर्दै यसले मधेसलाई नै ठुलो धक्का लागेको बताएका छन् । अब समय आएको छ, सबै वर्ग र समुदाय मिलेर मधेसको विकासको एजेन्डालाई अगाडि सारेर अघि बढौँ,उनले भनेका छन् ।
सांसद सिंहले अबको मधेशले हिंसात्मक गतिविधि त्यागेर शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि र युवाको रोजगारीमा दीर्घकालीन विकासका लागि एकढिक्का हुनुपर्नेमा जोड दिएका छन् । उनले कुनै पनि असामाजिक तत्त्व, जसले समाजको शान्ति र सद्भाव खलबलाउन खोज्छन्, त्यस्ता व्यक्तिको पछाडि नलाग्न मधेसवासीलाई आग्रह गरेका छन् ।
शान्ति विरोधी तत्त्व जुनसुकै समुदाय वा वर्गको भए पनि उनीहरू मधेसको विकासको विरोधी भएको ठहर गर्दै सिंहले त्यस्ता व्यक्तिहरूलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्