काठमाण्डौ । आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सङ्खुवासभा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुलामा बाढीको जोखिम छ ।
बाढी पूर्वानुमान महाशाखाले जोखिमयुक्त जिल्ला आसपास भएर बहने नदी तथा खोला आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । नारायणी, कर्णाली, महाकाली र बागमती नदी तथा तिनका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू र कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ ।
विशेषगरी महाकाली नदी तटीय क्षेत्रमा विशेष जोखिम रहकोले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । साथै पालिका, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई नदीको अवस्था निरन्तर अनुगमन गरी समुदायलाई समयमै सूचना प्रवाह गर्न र आवश्यक पूर्वतयारी कायम राख्न अनुरोध गरेको छ ।
वर्षाको अवस्था र नदीको बहावमा हुने परिवर्तनका आधारमा जोखिम थप बढ्न सक्ने भएकाले सर्वसाधारणलाई आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न महाशाखाको आग्रह छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्