Skip to content

हिलसाइड कलेजमा .NET र Umbraco सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । हिलसाइड कलेज अफ इन्जिनियरिङ, बालकुमारीमा .NET Web Development तथा Umbraco CMS सम्बन्धी दुईदिने Hands-on Workshop सम्पन्न भएको छ।

.NET Hub Kathmandu को आयोजना, Umbraco को सहयोग र हिलसाइड कलेजको सहकार्यमा आयोजित कार्यशालामा हिलसाइडका Bachelor in Computer Engineering, BIT तथा अन्य कलेजका गरी ३५ भन्दा बढी विद्यार्थी र युवा आईटी व्यवसायी सहभागी भएका थिए।

कार्यशालामा विशाल टिम (Umbraco MVP)पासाङ तामाङ (Microsoft MVP) ले आधुनिक .NET Web Development, Umbraco CMS तथा उद्योगमा प्रयोग हुने वेब प्रविधिबारे व्यावहारिक प्रशिक्षण दिएका थिए। कार्यक्रमको समन्वय SELISE Group का Principal Software Engineer नवराज घिमिरे ले गरेका थिए। समापन समारोहमा सहभागीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो।

कलेजका कम्प्युटर इन्जिनियरिङ विभाग प्रमुख इ. लक्ष्मी प्रसाद भट्ट का अनुसार सूचना प्रविधि क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले हिलसाइड कलेजले आगामी दिनमा पनि यस्ता उद्योगमुखी तालिम, कार्यशाला र प्रविधि कार्यक्रमलाई निरन्तरता दिनेछ। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यावहारिक सीप, उद्योगसँगको प्रत्यक्ष अनुभव तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय आईटी करियरका लागि आवश्यक क्षमता विकास गर्न सहयोग पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार