Skip to content

ग्याँस आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ । नेपाल आयल निगमले उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन ‘क्विक रेस्पोन्स टिम’ अर्थात् द्रूत प्रतिकार्य टोली गठन गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बनेको यो विशेष टोलीले आजैदेखि काम शुरू गरिसकेको निगमले जनाएको छ ।

बजारमा ग्यास अभाव भई लाइन बस्नुपर्ने बाध्यता हटाउन मन्त्रालय, आयल निगम, उद्योग विभाग र ग्यास व्यवसायीका प्रतिनिधि समेटेर यो संयन्त्र बनेको हो । देशका कुनै पनि ठाउँमा ग्यासको आपूर्तिमा समस्या देखिए यो टोलीले तत्काल समाधान गर्नेछ ।

ग्यास आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए उपभोक्ताले कार्यालय समयभित्र आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन् । प्राप्त गुनासोका आधारमा ग्यास उपलब्ध गराइने निगमले जनाएको छ ।

निगमले ग्यासको आपूर्ति पर्याप्त भइरहेको बताए पनि उपभोक्ताले कैयौँ दिनदेखि ग्यास नपाइरहेको गुनासो गरेका छन् । काठमाण्डौ उपत्यकासहित विभिन्न शहरमा ग्यास सिलिन्डर साट्न लामो लाइन देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार