Skip to content

बिहिबार सुनको भाउ तोलामै ८ हजार रुपैयाँले बढ्यो

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ । आज सुनको भाउ बढेको छ । सुन तोलामा आठ हजार रुपैयाँले बढेर दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुन तोलामा चार हजार २०० रुपैयाँले बढेर दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले बढेर तोलाको चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलामा चार हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार