Skip to content

शेखरले अस्वीकार गरे कोइराला निवास मर्मतका लागि विनियोजित २ करोड बजेट

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको रकम लिन अस्वीकार गरेका छन् ।

सरकारले आर्थिक वर्ष २०८३र८४ को बजेटमा कोइराला निवासको मर्मत तथा संरक्षणका लागि विनियोजन गरेको दुई करोड रुपैयाँ लिन अस्वीकार गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सम्बोधन गर्दै २० साउनमा पत्र पठाएर शेखरले कोइराला निवासको मर्मत तथा सम्भारका लागि छुट्याइएको रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।

पत्रमार्फत उनले पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अगुवा बीपी कोइरालाको जन्मघर संरक्षणका लागि बजेट विनियोजन गरेकोप्रति आभार व्यक्त गरेका छन् ।

विराटनगर महानगरपालिका–७ स्थित कृष्णप्रसाद कोइरालाले करिब एक शताब्दीअघि निर्माण गरेको कोइराला निवासा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार