Skip to content

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७६२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५८, सिसिटिभिमार्फत ५३, रातोबत्तीमा २७ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ७६, हर्न निषेधमा १३, लेन क्रसमा ३२, अवस्था ठिक नभएको १४, एकतर्फीमा १४ र अन्यमा ४७५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार