काठमाण्डौ । हिजो र अस्ति काठमाण्डौका निश्चित ठाउँ तोकेर ग्यास बिक्री वितरण गरेको सरकारले अब आफैं खुद्रा बिक्रेता नबन्ने भएको छ ।
नेपाल आयल निगमले आजदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका बिक्रेताहरूबाट ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाअनुसार हुने जनाएको छ । निगमले सूचना निकालेर उपभोक्ताहरूलाई आफूलाई पायक पर्ने बिक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न अपिल गरेको छ ।
साथै बिक्री–वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्योग, बिक्रेता तथा वितरकलाई दैनिक विवरण उपलब्ध गराउन निगमले निर्देशन दिएको छ ।
निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने बिक्रेतारवितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिन्डर संख्यासहितको विवरण हरेक दिन बिहान ९ बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको छ ।
अत्यावश्यक भएका घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखी ग्यास बिक्री गर्न तथा ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ ।
यसअघि सरकार आफैं खुद्रा बिक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्रगोल बनेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्