धनगढी, जेठ ३ ।
धनगढी उपमहानगरपालिका भेटिएको कुहिएको चामल प्रकरणको विषयमा थप अनुसन्धानका लागि सम्पुर्ण कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगाल पठाईएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा छानबिनका क्रममा भेटिएको कुहिएको चामलको विषयमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सम्पुर्ण कागजात केन्द्रिय कार्यालयमा पठाएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त राहत रकममध्येको २ करोड ६१ लाख मा ठाकुर ट्रेड लिंकसँग टेण्डर गरि विभिन्न वडाहरुमा राहत वितरण गरिदै आएको थियो । सोहि क्रममा छानबिन गर्दा धनगढीका विभिन्न वडा २, ४, ५ लगाएतका क्षेत्रमा वितरणका राखिएका चामल कुहिएको भेटिएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्