काठमाडौं, जेठ ४ । नेपालमा कोरोना भाइरस संक्रमणबाट दोस्रो व्यक्तिको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बाँकेका २५ वर्षी युवकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।
युवक ३० वैशाखमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनको हिजो स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको र उपचारका क्रममा आज विहान निधन भएको डा। देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि २ वैशाखमा निधन भएकी सुत्केरीको कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्