Skip to content

शेयर बजार २२ अङ्कले बढ्यो, ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार

कालोपाटी

८ घण्टा अगाडि

शेयर बजार लगातार दोस्रो दिन बढेको छ । हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से २२.८५ अङ्कले बढेर २ हजार ६४७.२२ विन्दुमा पुगेको छ ।

आज फाइनान्स र अन्य बाहेक सबै समूहको उपसूचक बढेकोमा बैंक र जीवन बीमा समूह डेढ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज १९६ वटा कम्पनीको शेयर बढेकोमा ७४ वटाको घटेको छ । यस्तै ९ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज स्नो रिभर्सको शेयर १३.६६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर १५ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३४५ वटा कम्पनीका २ करोड १२ लाख कित्ता शेयर ६ अर्ब ७४ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार