Skip to content

साउनमै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स

कालोपाटी

७ घण्टा अगाडि

काठमाडौं । चालु आर्थिक वर्ष पहिलो महिना साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

यो परिमाण गत आव सोही अवधिको तुलनामा २१.२ प्रतिशतले धेरै हो । गत आव साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड बराबर रेमिट्यान्स भित्रिएको थियो ।

त्यसैगरी गत आव कुल २३ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमट्यिान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आव साउनमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०।२ प्रतिशत वृद्धि भई १ अर्ब ४० करोड पुगेको छ । गत आव सोही अवधिमा २५ प्रतिशत बढेको थियो ।

चालु आव साउनमा खुद द्वितीय आय ९खुद ट्रान्स्फर० २ खर्ब २९ अर्ब ९८ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय १ खर्ब ९३ अर्ब ८५ करोड थियो ।

चालु आव पहिलो महिना वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४२ हजार ६ सय ९३ र पुनस् श्रम स्वीकृति लिनेको संख्या २७ हजार ७ सय ४८ छ । गत आव सोही अवधिमा यस्तो संख्या क्रमशस् ४४ हजार ४ सय ६६ र २३ हजार ६ सय ४४ थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार