कपिलवस्तु, जेठ ०६ ।
मंगलबार कपिलवस्तुमा ४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।
मायादेवी गाउँपालिकाका उनीहरू भारतबाट आएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।
भारतबाट आएपछि उनीहरूलाई गाउँपलिकाको छत्रपाली क्वारेन्टिनमा राखिएको थियो। संक्रमित चारै जना पुरुष रहेका छन्।
उनीहरूलाई बुटवल वा दाङको अस्पतालमा लैजाने तयारी गरिएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुगेको छ। सोमबार मात्र एकैदिन ८० जनामा संक्रमण देखिएको थियो।
नेपालमा अहिलेसम्म कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ३७ जना निको भएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्