काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से उच्च अंकले घटेको छ । आज नेप्से ३६.२५ अंकले घटेर २ हजार ६१८.०३ विन्दुमा झरेको हो ।
सबै समूहको सूचक घटेकामा जीवन बिमा समूह २ प्रतिशत भन्दा धेरैले घटेको छ । आज २५३ वटा कम्पनीको शेयर मूल्य घटेकोमा २३ वटाको बढेको छ । २ वटा कम्पनीको शेयर भने घटबढ भएन ।
आज फ्रस्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य साढे ८ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर १५ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो सात अर्ब पाँच करोडको कारोबार भएकोमा आज २५२ वटा कम्पनीका २ करोड १६ लाख कित्ता शेयर ६ अर्ब ३५ करोड रुपैयाँमा किनबेच भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्