Skip to content

सर्वसाधारणलाई बजेट बुझाउन अर्थ मन्त्रालयले ल्यायो ‘नागरिक बजेट’ पुस्तिका

कालोपाटी

८ मिनेट अगाडि

काठमाडौं । अर्थ मन्त्रालयले सर्वसाधारण नागरिकले सजिलै बुझ्न सक्ने गरी चालू आर्थिक वर्षको बजेटलाई ‘नागरिक बजेट’ पुस्तिकामार्फत सार्वजनिक गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेद्वारा प्रस्तुत कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको वार्षिक बजेट तथा कार्यक्रमलाई सरल र संक्षिप्त रूपमा बुझाउन यो पुस्तिका तयार पारिएको हो ।

पुस्तिकामा बजेटका मुख्य प्राथमिकता, करका प्रावधान, विकासका लक्ष्य तथा वित्तीय अनुशासनसम्बन्धी विषयहरू सर्वसाधारणले सहजै बुझ्ने भाषामा समेटिएका छन् । वाग्लेले पारदर्शिता, सुशासन र जवाफदेहिता सुनिश्चित गर्दै उत्पादनशील तथा प्रविधिमैत्री अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित यो बजेट ल्याइएको बताएका छन्।

नागरिक बजेट पुस्तिकाअनुसार कुल बजेटलाई मुख्य तीन शीर्षकमा वर्गीकरण गरिएको छ। जसलाई तीन मुख्य भागमा वर्गीकरण गरिएको । चालू खर्चमा नियमित सञ्चालन र सेवा प्रवाहका लागि १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्चमा पूर्वाधार विकास तथा निर्माणका लागि ४ खर्ब ३१ अर्ब ११ करोड र वित्तीय व्यवस्थामा ऋणको साँवा–ब्याज भुक्तानी तथा सेयर लगानीका लागि ४ खर्ब २२ अर्ब ६५ करोड रहेको छ ।

त्यस्तै, बजेटको स्रोत व्यवस्थापनतर्फ राजस्वबाट १४ खर्ब ५ अर्ब ३२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। बाँकी रकममध्ये वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड, आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ बेहोरिने उल्लेख छ।

बजेट विनियोजन प्रक्रिया, राजस्व संकलन, अनुदान तथा ऋणको उपयोग लगायतका आर्थिक गतिविधि नागरिक तहसम्म पारदर्शी रूपमा पुगोस् भन्ने उद्देश्यले नागरिक बजेटमा विषयहरूलाई बुँदागत रूपमा स्पष्ट पारिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार