Skip to content

लगातार ३ कारोबार दिन बढेको नेप्से २ हजार ५९५ विन्दुमा

कालोपाटी

८ मिनेट अगाडि

काठमाण्डौ । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । हप्ताको पहिलो कारोबार दिन आज सोमवार शेयर बजार परिसूचक नेप्से ४ अङ्कले बढेर २ हजार ५९५.८१ विन्दुमा पुगेको छ ।

आज बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १०५ वटा कम्पनीको शेयर बढेकोमा १६५ वटाको घटेको छ । ७ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज धौलागिरि लघुवित्त र स्नो रिभर्सको शेयर १५ प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन रिज लाइन इनर्जीको शेयर झन्डै साढे ६ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ३५४ वटा कम्पनीको १ करोड २७ लाख कित्ता शेयर ४ अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार