काठमाडौँ । शेयर बजार लगातार चार कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.१२ अङ्कले बढेर २ हजार ५९९.९३ विन्दुमा पुगेको छ ।
आज बैंक, विकास बैंक, लगानी र बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १०४ वटा कम्पनीको शेयर बढेकोमा १६७ वटाको घटेको छ । ७ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज सगरमाथा जलविद्युत्को शेयर १२।४४ प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन स्नो रिभर्सको शेयर १५ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ३५१ वटा कम्पनीको १ करोड ३५ लाख कित्ता शेयर ४ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्