Skip to content

सरकारले ३ महिनामा १३५ परिवारलाई वितरण गर्‍यो लालपुर्जा

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय यो आर्थिक वर्षको पहिला त्रैमासिकमा १३५ परिसरलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ ।

भूमि समस्या समाधान समिति (ताहाचल) ले चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासिक ९साउन १ देखि असोज मसान्तसम्म० अवधिमा १३५ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पहिलो त्रैमासिक प्रगति विवरणमा उल्लेख गरेको छ ।

आज सार्वजनिक प्रतिवेदनमा उल्लेख तथ्यांकअनुसार वितरण गरिएका कुल १३५ थान पुर्जाहरूमध्ये भूमिहीन दलितलाई ११ थान, भूमिहीन सुकुम्बासीलाई ४१ थान र अव्यवस्थित बसोबासीलाई ८३ थान रहेका उल्लेख छ ।

प्रतिवेदनमा समितिले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि लगत सङ्कलन, प्रमाणीकरण र नापनक्साको कामलाई तीव्रता दिएको उल्लेख छ । भूमिहीन तथा अव्यवस्थित बसोबासीको यथार्थ विवरण सङ्कलनका लागि सञ्चालित समितिको सूचना प्रणालीमा यस अवधिमा ५१ हजार ५ सय १७ थान निवेदनहरू प्रविष्ट (इन्ट्री) भएका छन् ।

त्यसमा भूमिहीन दलिततर्फ ७ हजार ७०, भूमिहीन सुकुम्बासीतर्फ ८ हजार ८३ र अव्यवस्थित बसोबासीतर्फ ३१ हजार ३१७ निवेदन रहेका प्रतिवेदनमा उल्लेख छ । विगतका आयोगका अधुरा–अपुरा काय पूरा गर्न भन्दै ५ हजार १२७ निवेदन दर्ता भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

जग्गा पहिचान र वितरण प्रक्रियालाई व्यवस्थित बनाउन समितिले यस त्रैमासिक अवधिमा देशभरका विभिन्न स्थानमा गरी कुल १ हजार ९ सय ४७ कित्ता जग्गाको नाप नक्सा कार्य सफलतापूर्वक सम्पन्न गरेको छ ।

काठमाडौँ उपत्यकाभित्रको समस्या समाधान गर्न भन्दै समितिले यसै अवधिमा भक्तपुर नगरपालिकासँग भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको र सहमतिपश्चात् वास्तविक लगत सङ्कलनका लागि औपचारिक सूचनासमेत प्रकाशन भइसकेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार