काठमाडौं। नागार्जुन नगरपालिका ३ रातमाटेबाट जरायोको सिङ र सालकको खपटासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रातमाटेबाट संरक्षित वन्यजन्तु जरायोको २ वटा सिङ र ३६ पीस सालकको खपटासहित प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका ३ रातमाटेका ४५ वर्षीया माइली पुतुवार रहेकी छिन् । उनलाई आवश्यक कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालय पानीमुहान काठमाडौंमा बुझाइएको व्यूरोले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्