काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा घटेको छ । बैंकको गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा आईपुग्दा १।२६ प्रतिशतल खुद नाफा घटेको हो । बैंकको चौंथो त्रैमासको वित्तीय विवरणअनुसार ८३ करोड ६४ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको यसै अवधिमा ८४ करोड ७१ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने केहि सुधार भएको छ । खुद ब्याज आम्दानी ८।३५ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ७।९१ प्रतिशतले बढेको छ । यस्तै कम्पनीको चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २ अर्ब ४० करोड ७ लाख ८१ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्