बुटवल । लुम्बिनी प्रदेश सभा बैठक नेकपा एमालेले अवरोध गरेपछि स्थगित भएको छ । दिउसो १ बजेका लागि समय तोकिएको बैठक साढे २ बजे मात्रै सुरु भएको थियो ।
बैठक सुरु गर्दै सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन थालेलगत्तै एमाले सांसदहरु उठेर होहल्ला र नाराबाजी शुसुरु गरेका थिए । उनीहरुले सांसद अजय शाही र बिमला खत्री वलीलाई पदमुक्त नगरेको भन्दै विरोध जनाएपछि ६ मिनेटमै सभामुखले बैठक स्थगित गरेका हुन् ।
एमालेको अवरोधपछि प्रदेश सभा बैठक भदौ २ गते दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिएका छन् । शाही र वलीलाई आफ्नो दलका सांसद दावी गर्दै एमालेले उनीहरुलाई पदमुक्त गर्न मंगलबार नै सभामुखलाई पत्र बुझाएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्