तनहुँ । बाघको छाला, खप्पर, हड्डी लगायतका अंगसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ब्यास नगरपालिका-५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंगसहित तीनजनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ब्यास नगरपालिका-६ का सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका-१ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।
पक्राउ परेका उनीहरुको साथबाट २ थान बाघको छाला, बा-४९ प ५९२३ नम्बरको स्कुटर, १ थान मोबाइल र नगद १ हजार रुपैयाँ , सन्जितको साथबाट १ सय २२ वटा बाघको हड्डीहरु, ग-१८ प ५४११ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद २ हजार रुपैयाँ र सन्तोषको साथबाट बा-३५ प ५४५१ नम्बरको मोटरसाइकल, नगद ३ हजार ५ सय ८५ रुपैयाँ, १थान लाइटर र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज र जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अंगहरुको सोही ठाउँस्थित सडकमा शंकास्पद गतिविधि गरिरहेको दाबी गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्