दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ ।
भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने प्रवेशद्धारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति चोरी गएराति चोरी भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए । गए राति करिब १२ बजेको समयमा नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृष्य सिसिटिभीमा कैद भएको र त्यसबारे अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए ।
मन्दिरको गेट बाहिरपट्टी रहेको सरस्वतीको मूर्ति चोरी भएको हो । नियमित पूजा गर्ने क्रममा मन्दिरमा सरस्वतीको मूर्ति नदेखेपछि पूजारीले स्थानीयवासीलाई खबर गरेएका थिए । विसं २०५२ मा मन्दिर जीर्णद्वारको बेला राखिएका उक्त मूर्ति चोरी भएका अध्यक्ष श्रेष्ठले बताएका छन् । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्