Skip to content

१४ अर्बको भदैया धान उत्पादन

कालोपाटी

४ वर्ष अगाडि

बारा । बाराका किसानले २०७८-७९ मा खेती गरेको भदैया धानप्रति हेक्टर ४६ मेट्रिकटनका दरले उत्पादन हुनुपर्नेमा बेसौमी वर्षाका कारणले प्रति हेक्टर ४-३ मेट्रिक टनले उत्पादन भएको छ ।

किसानले चालू आर्थिक वर्ष २०७८-७९ मा विभिन्न जातको भदैया धान ११ हजार ९०१ हेक्टर क्षेत्रफलमा खेतीगरी प्रति हेक्टर ४।३ मेट्रिकटनले कूल ५१ हजार १९१ मेट्रिकटन धान उत्पादन भएको ज्ञान केन्द्रका प्राविधिक गेनालाल मण्डलले बताए
साथै बेमौसमी वर्षाको कारण प्रति हेक्टर दशमलव तीन मेट्रिक टनले तीन हजार ५७१ दशमलव पाँच मेट्रिकटन धान उत्पादनमा क्षति भएको उनले जानकारी दिए । यसवर्ष मोटो धान प्रति क्विन्टल रु दुई ७०० सम्बन्धित निकायले दर भाउ कायम गरेको छ । गतवर्ष २०७७-७८ मा किसानले विभिन्न जातको भदैया धान ११ हजार ९३१ हेक्टर क्षेत्रफलमा खेतीगरी प्रति हेक्टर ४।६ मेट्रिक टनले कूल ५४ हजार ८८२।६ मेट्रिकटन धान उत्पादन भएको थियो । –रासस

प्रतिक्रिया दिनुहोस्

कालोपाटी

कालोपाटी