कास्की । नेपाली कांग्रेस कास्कीको सभापति पदमा किशोरदत्त बराल विजयी बनेका छन् । शनिबार सम्पन्न दोस्रो चरणका मतदानमा उहाँले सुदीपमोहन भट्टराईलाई पराजित गरेका हुन् ।
शुक्रबारको पहिलो चरणको मतदानमा सभापतिका प्रत्यासी पाँच मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार पुनः नेताद्वय बराल र भट्टराईबीच पुनः मतदान भएको थियो । कांग्रेसको विधानअनुसार जिल्ला सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ ।
कांग्रेसको २०८८ मतदाता रहेकामा शनिबार एक हजार ९२६ मत खसेको थियो । ती मध्ये बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरे । पहिलो चरणका निर्वाचनमा दुई हजार २५ मत खसेको थियो भने ४७ मत भने बदर भएको थियो । उक्त चरणमा आइबहादुर गुरुङ, पोषनाथ शर्मा, गिरीराज गौतम पनि प्रत्यासी रहेका छन् । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्