बझाङ । जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको छ । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेका जनाइएको छ ।
घाइते भण्डारीलाई शनिबार राति उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र उपचारका क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थापालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्