काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कालो ब्यानरमा कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा आइबार पनि विरोध प्रदर्शन गरेको छ ।
। प्रदर्शन कार्यक्रममा बोल्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले आन्दोलनको उदेश्य प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताए । उनले आफूहरुको आन्दोलन उत्कर्षमा लैजान बाँकी रहेकाले आन्दोलन मथ्र्थर भएको भनेर नसोच्न चेतावनी दिए ।
प्रधानन्यायाधीश जबरा व्यवहारिक रुपमा सर्वोच्चको प्रधानन्यायाधी पदमा नरहेकाले अब उनले इजलास पनि तोक्न नपाउने र उनले तोकेको बेन्चमा कसैले पनि बहस नगर्ने अध्यक्ष शाक्यले बताए । उनले प्रधानन्यायाधीश जबराको उपस्थितमा न्याय परिषद्, न्याय सेवा आयोग र संवैधानिक परिषदको बैठक पनि नबस्ने भएकाले प्रधानन्यायाधीशले राजिनामा नदिएर सर्वोच्च अदालत र जनताको मुद्धालाई अस्तव्यस्त बनाउने काम गरेको आरोप लगाए ।
त्यस्तै अध्यक्ष शाक्यले राजनीतिक दलहरुले संसदबाट महाअभियोग लगाएर हटाउने सम्भावना भएपछि मात्र विरोध कार्यक्रम अन्त्य गर्ने भनिएपनि त्यो संम्भावना नदेखिएपछि आफूहरुले विरोध प्रदर्शन जारी राखेको जानकारी दिए । प्रधानन्यायाधीशको राजिनामा माग गर्दै कानून व्यवसायीहरुले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा प्रदर्शन गर्दै आइरहेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्