कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभामा बिश्वासको मत मागेका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा शाहीले मुख्यमन्त्री बनेको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै विश्वासको मत माग्नुभएको हो । मुख्यमन्त्री शाहीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगीत गरिएको छ ।
पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । ३५ सदस्यीय कर्णाली प्रदेशसमामा मुख्यमन्त्री शाहीलाई १८ जनाको विश्वासको मत आवश्यक पर्छ । उहालाई नेकपा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र नेकपा एकीकृत समाजवादीका ३ सांसदले विश्वासको मत दिने छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्