काठमाडौँ । सरकारले राष्ट्रकवि डा.माधव घिमिरेको योगदानको सम्मान स्वरुप हुलाक टिकट प्रकाशन गरेको छ । बुधबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रकवि घिमिरेको तस्बिरअंकित हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गरे ।
राष्ट्रकवि डा माधव प्रसाद घिमिरे , जन्म बिसं १९७६ असोज ७ उल्लेखित उक्त हुलाक टिकट १० रुपैयाँको छ । कार्यक्रममा मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेले आफ्ना रचना नेपाली जनतामाफ सम्पतीका रुपमा छाडेर जानुभएको भन्दै धर्ति रहुन्जेल उनलाई स्मरण गरिने बताए ।
राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन हुनु राष्ट्रका लागि गौरवको विषय भएको र उनले नेपालीको प्रेरणाको स्रोत रहिरहने उनको भनाई छ । उक्त हुलाकटिकटको डिजाईन पुमा कला लिम्वुले गरेका हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्