काठमाडौँ । नेपालमा शुक्रबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ४ सय ७२ पिसिआर परिक्षणका क्रममा २ सय ३२ जना र ४ हजार १५ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार ५ सय १४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ५ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै ३ सय ३७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ६ हजार २ सय ३७ जना निको भएका छन् ।
हाल नेपालमा ५ हजार ९ सय ९७ जना सक्रिय संक्रमित आइशोलेशनमा रहदा ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्