टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगान सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा पुगेका छन् ।
झन्डै एक दशकपछि उनले पहिलो पटक यूएईको भ्रमण गरेकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
भ्रमणका क्रममा राष्ट्रपति एर्दोगानले अरब क्षेत्रका विभिन्न विषयसँगै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय र आपसी दुई पक्षीय विषयमा छलफल गर्ने जनाइएको छ ।
अहिलेको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ राम्रो बनाउन ठूलो सहयोग हुने विश्वास लिएको छ,ु अब दुई देशको सम्बन्धमा नयाँ युग सुरु हुने अपेक्षा छ, राष्ट्रपति एर्दोगानले भने ।
दुईदिने भ्रमणका लागि अबुधाबी प्रस्थान गर्नुअघि टर्कीको राजधानी इस्तानबुलस्थित विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उहाँले युएईको भ्रमण गर्न पाउँदा आफू उत्साहित भएको पनि बताएका थियो ।
टर्कीको उच्चस्तरीय सरकारी टोलीले यसअघि सन् २०१३ मा यूएईको भ्रमण गरेको थियो । लामो समयपछि भएको अहिलेको भ्रमणले दुई देशका बीचमा नयाँ सहकार्य र सहमतिहरू हुनसक्ने अपेक्षा गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्