काठमाडौं नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २८ पिसिआर परिक्षणका क्रममा ३ सय ६४ जना र २ हजार ७ सय ६१ एन्टीजेन परिक्षणका क्रममा २०६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ११ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ९ सय ९३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ४६ हजार ३ सय ३० जना निको भएका छन् । हाल नेपालमा १६ हजार ६ सय १६ सक्रिय संक्रमित आइशोलेशन र १०९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्