काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै समयअनुकुल आफ्ना ग्राहकहरुका लागि विभिन्न छुट सम्बन्धि सम्झौता गरेको हो । सम्झौता अनुरुप यस विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गरि गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५% छुट प्राप्त गर्नछन् ।
छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाईन स्टोरबाट जुत्ता खरिद गर्दा लागू हुने छैन । हाल गरिमा विकास बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्