म्याग्दी । मालिका गाउँपालिका–४ च्युरीबोटमा रहेको सिद्धार्थ माविलाई चार ज्येष्ठ नागरिकले शनिबार रु तीन लाख ७० हजार सहयोग गरेका छन् । च्युरीबोटमा जन्मिएर हाल बेलायत बस्दै आएका नरबहादुर पुन, उनकी श्रीमती धनमाया, पोखरा बस्ने तनमाया पुनले रु एक-एक लाख र च्युरीबोटकी लालसरी घर्तीले रु ७० हजार सहयोग गरेका छन् ।
नरबहादुर, धनमाया र तनमायाले चौरासी वर्ष पुगेका अवसरमा विद्यालयमा स्थापित सिद्धार्थ अक्षयकोषलाई रकम उपलब्ध गराएका छन् । तनमायाले दिवङ्गत श्रीमान् हिमप्रकाश घर्ती पुनको स्मृतिमा सहयोग गरेका हुन् । हिमप्रकाशको गत वर्ष दुर्घटनामा ज्यान गएको थियो । उनीहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, प्रअ ललितबहादुर घर्ती र सिद्धार्थ मावि अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गरे । चौरासी वर्ष पुगेको खुसियाली मनाउने फजुल खर्च बचाएर आफ्नो जन्मथलोमा विद्यालय सञ्चालन गर्न स्थापित अक्षयकोषमा सहयोग गरेको नरबहादुरले बताए ।
नरबहादुरका दम्पत्तिले यसअघि अक्षयकोषमा रु २५ हजार सहयोग गरेका थिए । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा तीन निजी स्रोतका शिक्षक छन् । विद्यालयमा एक सय ६८ विद्यार्थी छन् । निजी स्रोतबाट मावि सञ्चालन गरिएको हो । विद्यालयले सहयोगदातालाई सम्मान गरेको थियो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्