काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैैंत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ ।बुधबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले अध्यक्ष रिटन नेतृत्वको प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गर्नु भएको हो ।
भेटमा उहाँले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध अझै सुमधुर भएर जाने विश्वास व्यक्त गर्नु भएको सभामुखको निजी सचिवालयले जनाएको छ । उता, अध्यक्ष रिटनले दुई मुलुकबीचको विकास साझेदारीलाई अझ गतिका साथ अघि बढाउन आफूहरु अझै सक्रियताका साथ लागिपर्ने बताउनु भएको थियो । भेटवार्तामा दुवै मुलुकका संसदीय अभ्यास र त्यसका अनुभवहरुबारे पनि छलफल गरिएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्