काठमाडौं । स्थानीय तह निर्वाचनका लागि महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाउन पार्टी कार्यालय सानेपामा नेपाली काँग्रेसका नेताको बैठक सुरु भएको छ । शुक्रबार र शनिबार भएको शीर्ष नेताको छलफलमा सहमति नभएपछि अहिले छलफल गर्ने बैठक बसेको हो ।
काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगरबाट गठबन्धनबाट मेयरको साझा उम्मेदवार खडा गर्ने छ । यस्तै भरतपुर, पोखरा र विरगञ्जमा काँग्रेसबाट उपमेयरको उम्मेदवार हुने छन् । काठमाडौंमा सिर्जना सिंहको नाममा सहमति जुटेपछि विराटनगर र ललितपुरमा सहमतिको खोजिइरहेको छ । यस्तै उपप्रमुखमा पनि सहमति जुट्न सकेको छैन । आज र भोलि उम्मेदवारी दर्ताको समय भएपनि काँग्रेसले अझै उम्मेदवार तय गर्न सकेको छैन ।
शीर्ष नेताबीच महानगरपालिका मेयर उपमेयरका उम्मेदवारबारे सहमति जुटेपछि कार्यसम्पादन समिति बैठक बस्ने छ । कार्यसम्पादन समिति बैठक ११ बजे बस्ने भनेपनि शीर्ष नेताहरु सहमतिकै खोजीमा अल्झिएको अवस्था छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्