जाजरकोट । ट्रयाक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात सेवा सञ्चालन भएको छ । भेरी नदीको बीच–बीचमा बेलीब्रिज निर्माण भएपछि सिधा यातायात सञ्चालन भएको हो । दुई ठाउँमा बेलीब्रिज बनेपछि मालबाहक तथा सवारीसाधन त्रिपुराकोटसम्म पुगेका हुन् ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिको त्रिपुराकोटमा गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । महिना दिनदेखि सवारीसाधन कतै नरोकिएर त्रिपुराकोट पुगेपछि सर्वसाधारण हर्षित भएका हुन् । करपगाड र खदाङमा बेलीब्रिज बनेपछि यो सम्भव भएको हो । ठूलीभेरी नदीमाथि बेलीब्रिज बनेपछि गाडी त्रिपुराकोटसम्म सहजै पुग्न थालेका त्रिपुराकोटकी मनमाया न्यौपानेले बताए । यसपटक जाजरकोट र रुकुमपश्चिम जोड्न ठूलीभेरी नदीमा सानो बेलीब्रिज बनाइएको छ ।
यही बेलीब्रिजका कारण सवारीसाधन तथा मालबाहक साधन सोझै त्रिपुराकोटसम्म पुग्न सकेका छन् । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा पनि वर्षामा बढ्ने खोलाका कारण सवारी रोकिन सक्छन् । हिउँदमा सुक्ने यी खोलाका कारण वर्षामा सवारीसाधन रोकिन्छन् । उपमखोला र रिजिगाडमा पुल बन्नुपर्नेछ । डोल्पाको खदाङपछि आउने चुङ्गाड र छलगाडमा पनि पुल निर्माण भएपछि सवारीसाधन वर्षामा पनि चल्न सक्छन् ।
त्रिपुराकोटमा पनि बेलीब्रिज निर्माणको काम भइरहेको छ । त्रिपुराकोटबाट सुपपानी हुँदै दुनै पुग्दा रुपगाडमा पनि अर्को पुल बन्नुपर्ने छ । यहाँ पनि बेलीब्रिज निर्माणको काम भइरहेको छ । यो पुल निर्माणपश्चात डोल्पा सदरमुकाम दुनै सजिलो हुने छ । बीचबीचमा पुल बन्ने र बनाउने काम भइरहेको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्