Skip to content

जग्गा बैना गरी ठगी गरेको आरोपमा दुई जना पक्राउ

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं  ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जग्गा बैना गरी ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालीका वडा नम्बर ७ बस्ने ७२ बर्षिया केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालीका वडा नम्बर २ बस्ने ५८ बर्षिया ईश्वर गाईजुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

विभिन्न कित्ता नम्बरहरु अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गा धनीसंग अनुमती नली अनुमती लिएको छौ भनी झुक्याई साथै सरकारी जग्गा समेत बिक्री गर्ने गरी बैना बापत पाँच करोड बिस लाख लिई ठगी गरेको भनी जाहेरीको थियो । शुक्रबार एक बजेको समयमा जिल्ला भक्तपुर नगरपालीका १० मालपोत गेटबाट उनिहरु पक्राउ परेका हुन् । उनिहरुलाई आवश्यक कारवाहिको लागी जिल्ला प्रहरी परिसर भक्तपुर पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्